गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता फैलाउन खोजे सहनसकिँदैन : प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजे सहननसकिने बताए ।
छैटाैँ सामाजिक सुरक्षा दिवसको अवसरमा हिजो साेमवार भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाए ।
प्रधानमन्त्री प्रचण्डले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट पार्दै अग्रगमनतर्फ अघि बढेको नेपाली समाजलाई फेरि पछाडि फर्काउन खोज्नेहरूलाई कदापी सफल हुन नदिइने चेतावनी दिए।
गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने समेत प्रधानमन्त्रीको भनाइ छ । उनले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल गरिरहेको पनि जानकारी दिए। मंसिर १२

