नक्कली भुटानी शरणार्थी प्रकरण बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश
काठमान्डौ– नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धराैटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएकाे छ ।
आज बिहीवार उच्च अदालतका न्यायाधीश कृष्णराम काेइरालाकाे इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएकाे हाे ।
यसअघि उच्च अदालत पाटनमा दुई जना न्यायाधीशबीच राय बाझिएपछि सुनुवाइ आजका लागि सारिएको थियो ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मङ्सिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण गएको वैशाख २७ गते पक्राउ परेका थिए । मंसिर २८

