Gold
Bangad salyan

केपि ओलीमाथी धनकुटामा हातपात

काठमान्डौ- धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ।

पार्टीकाे ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुगेका ओलीमाथि आज बिहीवार हातपात भएको हो।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातकाे प्रयास गरेका हुन् ।

ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिए।

राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातकाे प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड – रक्सी खाएका थिए ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएकाे १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राकाे आज १५ औँ दिन हाे । फाईल तस्वीर  मंसिर २८