Gold
Bangad salyan

भैसेपाटीमा मन्त्री बस्ने क्वार्टरमा आगलागी

पुष ३

काठमान्डौ – भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगलागि भएको हो।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले बताइएको हो।

आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।