राजसंस्थासहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि राप्रपाको देशभर आन्दोलन
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
आइतबारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पुष, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरेको छ ।
डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ ।
पार्टीले एनसेल खरिद बिक्री प्रक्रियाको छानबिन , बढ्दो महङगि बेरोजगार , युवाहरु बिदेश पलायन , उखु किसानको रकम तत्त्काल पीडितको खातामा जम्मा , जाजरकोट रुकुम पश्चिम्मा भूकम्प पीडितलाई राहात उपलब्ध र अस्थायी टहरा त्रिपालबाट स्थायी बासस्थानमा हस्तान्तरणका मुद्दा उठाउने समेत जनाएको छ। पुष ३

