Gold
Bangad salyan

सुर्खेतको कारागारमा गायन प्रस्तुति राख्दै गायक राजु लामा

सुर्खेत – वरिष्ठ गायक राजु लामाले सुर्खेतको कारागारमा भएका कैदी बन्दीहरूलाई गायन प्रस्तुती गरेर मनोरञ्जन गराएका छन।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको आयोजनामा हिजो १२ बजे गायक राजु लामाले करिब १ घण्टा एकल गायन प्रस्तुत गरेका हुन।

उनले तिमीलाई देखेर, हल्ला चलेछ, पर्खाइमा, झरनाको चिसो पानी, ऋतुहरूमा तिमी, उभों-उभों खासा समेतका गितहरू प्रस्तुत गर्नुका साथै कैदी बन्दीहरूलाई आफू सुधार भएर समाजमा स्थापित हुन सल्लाह समेत दिएका थिए ।

उक्त कारागारमा हाल पुरूष ३३१, महिला ३४ र आश्रीत २ गरी जम्मा ३६५ कैदी बन्दी छन।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा तथा कारागार प्रशासक अधिकृत लक्ष्मी खरेल समेतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले कारागारमा रहेका कैदी बन्दीहरूको जिवनयापनमा सुधार हुनुका साथै मनोरञ्जन प्राप्त भई उत्प्रेरणा समेत मिलोस भनेर उक्त कार्यक्रम आयोजना गरेको बताए । पुष १३