Gold
Bangad salyan

यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडिमा आगजनि

पुस

काठमान्डौ – प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको बालकुमारीमा गाडीमा आगजनि भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएकाे भन्दै परीक्षार्थीले प्रदर्शन गर्दै आगजनि गरेका हुन।

मन्त्रीकाे बा २ झ ५८६१ नम्बरकाे गाडीमा आगजनी गरेकाे आराेपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेकाे छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार  मन्त्रीलाई उद्धार गरेर सिंहदरबार पुर्‍याएकाे छ।

ईपीएस परीक्षार्थीकाे प्रदर्शनका कारण अहिले सातदोबाटोदेखि बालकुमारीसम्मको सडक अस्तव्यस्त रहेको छ ।