Gold
Bangad salyan

त्रिभुवन विमानस्थलमा आधा किलो सुन सहित पक्राउ

माघ ७

काठमान्डौ – त्रिभुवन विमानस्थलमा आधा किलो सुन सहित
भन्सार कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४ सय ९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको सुनसहित दर्जीलाई पक्राउ गरेको जानकारी दिए।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाण्डाै आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा. पाण्डेले बताए ।

बरामद भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेकाे उनको भनाई छ।