नेपालमा बन्द भएका सबै उधोग कलकारखाना सञ्चालन गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ – प्रधानमन्त्री प्रचण्डले नेपालमा बन्द भएका उधोग कलकारखाना संचालनमा ल्याउने बताएका छन।
उनले आज विगतकालमा राज्यले सञ्चालन गरेर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्नेबारे आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गम्भीर छलफल गरेका हुन।
हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने बिकल्पबारे गहन छलफल भएको उनको भनाई छ।
पब्लिक–प्राइभेट–पार्टनरसीप (PPP) मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेश गर्न उनले मन्त्रालयलाई निर्देशित समेत गरिसकेको बताए ।
यो प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ।माघ १४

