गायिका रचना रिमाल सवार गाडी दुर्घटना
माघ १४
काठमान्डौ – गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार बेलुका उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बा प्र ०३.०१ ख/२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।
उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल रहेको र उनीसँगै सवार शिव खनाललाई घुँडामा चोट लागेको बताईएको छ।
गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको सामाजिक संजालबाट जानकारी दिएकी छन् । उक्त घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छन् । उनले आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो ।
अब आजको प्रस्तुती उनले भोलि सोमबार दिने छिन । उनले समयमै आफू उपस्थित हुन नसकेकोमा दर्शक र आयोजकप्रति क्षमा समेत मागेकी छन् ।

