Gold
Bangad salyan

९० लाख तिरेर अवैध बाटो अमेरिक पुगेका रुकुमका एक जनाको मृत्यु

काठमाडौ – ९० लाख तिरेर अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्व सिस्ने गाउँपालिका ३ का वसन्त शर्माको उतै मृत्युु भएको छ।

३२ वर्षीय वसन्त शर्मा एक बर्ष पहिले मात्र अमेरिका पुगेको परिवार श्रोतले जनाएको छ।

अमेरिका पुगेको एक वर्षपछि गत बिहीबार १७ गते न्यूयोर्कको मोनमाउथ मेडिकल सेन्टर अस्पतालमा उनको निधन भएको हो।

क्षय रोगबाट सिकिस्त भएका उनी तीन महिनादेखि अस्पतालमा उपचाररत थिए । २०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए ।

उनकी श्रीमती उर्मिला शर्माले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर उता पुगेको जानकारी दिएकी दिईन।

अमेरिका पुगेको ११ महिनापछि अस्पताल भर्ना गरिएका वसन्तको अवस्था गम्भीर थियो । बसन्तका घरमा श्रीमतीसहित, ९ बर्षका छोरा र १३ वर्षकी छोरी आमा र दुई भाइ छन् । बसन्त वितेको खबरले परिवार विक्षिप्त बनेको छ ।

अवैध रुपमा विभिन्न देश हुँदै अमेरिका पुगेका वसन्तसँग त्यहाँ बस्न–रहनका लागि कुनै आधिकारिक कागजात नभएको उनका साथी लक्ष्मण शर्माले बताएका छन् ।

वर्क पर्मिट, स्वास्थ्य बीमा आदि केही पनि थिएन । यसकारण सुरुमा त अस्पताल भर्ना गर्न पनि कठिन भयो,’ उनले भने, पछि वसन्तको भाउजुले जिम्मेवारी लिएर अस्पताल भर्ना गरिएको थियो ।

उनको अस्पताल खर्च दिनमै ४ हजार डलर हुने गरेको थियोे । भेन्टिलेटरमा राखेर उपचार भैरहेपनि उनि वचन सकेनन । अवैध बाटो हुँदै १ करोड सम्म तिरेर रुकुमबाट अमेरिका जानेको लहर नै देखिन्छ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का वडाध्यक्ष हेरम खड्काका अनुसार ३ न वडाबाट मात्र २५० जना युवा अमेरिका पुगेका छन । फागुन १९