Gold
Bangad salyan

शालिन बस्ने कोठामा पाँच जना छात्रा बस्थे तर ढोका राती खुलेन सिसिटिभी फुटेजमा यस्तो

काठमान्डौ – चितवनको शिशु निकेतनमा अध्ययनरत १३ बर्षकि छात्रा शालीन पोखरेलको मृत्युु प्रकरणमा प्रहरीले सिसिटिभी फुटेज फेला परेर गहन अध्यक्ष सुरु गरेको छ।

शालिल बस्ने कोठामा अन्य पाँच जना छात्रा बस्ने गरेको पनि प्रहरीको भनाई छ। राती शालिनले ढोका खोल्न आग्रह गरेको सिसिटिभी फोटेजमा देखिन्छ केही छिन पछि एक जना शिक्षकले पनि ढोका हानेको देखिन्छ तर ढोका खुलेको छैन ।

ढोका खुलेको छैन , बालिकाको सुसाईड नोटमा सरि एभ्रीबडि, सरि मम्मी, ड्याडी भनेर लेखीएको फेला परेको छ , उनको जुत्ता पानीमा विजेको अवस्थामा भेटीयो अनुसंधानमा खटीएका एक प्रहरी अधिकृतले भने ।

गत १२ गते शनिबार रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा कक्षा ८ मा पढ्ने मृतक १३ वर्षीया शालिन पोखरेल प्लाष्टिकको डोरीले पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन्।

परिवारले उनको हत्या आत्महत्या नभै बलात्कार पछि हत्या भएको दाबी गरेको छ। उनको शव पोस्ट्मापनको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखीएको छ।रिपोर्ट पछिनै सबै खुल्ने प्रहरीले जनाएको छ।  फागुन १९