Gold
Bangad salyan

जाजरकोटमा हावा हुरिले भूकम्प पिडितका टहरा उडाईदियो

चैत १७

जाजरकोट – जाजरकोटमा हावा हुरिले भूकम्प पीडितका अस्थायी टहराहरु भत्काईदिएको छ।

आज करिब ३ बजे तिर आएको हावा हुरिले बारेकोट गाउँपालिकाका विभिन्न वडाहरुमा हावा हुरिले अस्थायी टहरा उडाएको छ।

यस्तै हुरिले वडा कार्यलयको छानो उडाएको छ भने घरको छत भत्किदा एक जना बच्चाको खुट्टा भाचीएको छ।

केही महिना अगाडि मात्र जाजरकोटमा भूकम्पले ठूलो नोक्सान गरेको छ। पिडितका टहरा अझै निर्माण हुन सकेका छैनन भने भएका टहरा पनि हावाले उडाईदिएको छ।

यस्तै हावा हुरिले कर्णालीका विभिन्न जिल्लामा क्षती गरेको छ। सुर्खेतमा ठुलो हावा हुरि सहितको असिना परेको छ।

असिना पानीले किसानले भित्राउन लागेको गहु बाली नोक्सान गरेको छ भने फलन लागेका विभिन्न फल फुलका रुखहरु भाच्ने गरेको छ।
तस्वीर – डम्बर बिश्वकर्मा