रवि लामिछानेको तिहार जेल भित्रै हुने साथ दिन थप हिरासत
कार्तिक ९
काठमान्डौ -गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
रास्वपाका सभापतिसमेत रहेका लामिछानेले यतिबेला कास्की प्रहरीमा बयान दिइरहेका छन्।
बयानमा उनले आफ्नो कुनै पनि प्रकारको गल्ती नभएको भन्दै राज्यले प्रतिशोध साँधेको बताएका थिए ।
राज्यले प्रतिशोध लिएको भन्दै उनको पार्टी रास्वपा यतिबेला आन्दोलनमा छ । रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।
कास्की प्रहरीले लामिछानेसहित पूर्वडिआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाईलाई पनि अनुसन्धान लागि थप सात दिन समय लिएको छ। विभागले उनीहरूविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ ।
सहकारी पिडितको पैसा अपचलन गरेको भन्दै रास्वपाका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको हो।
रविका पार्टनर जिबि राई भने अझै फरार छन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ। रविलाई थप सात दिन हिरासतमा राख्ने अनुमति दिएपछी पोखरामा उनका समर्थकले थप आन्दोलन चर्काएका छन।
यो संगै उनको तिहार जेल भित्रै हुने भएको छ। रविलाई रुपन्देही अदालतले पनि पक्राउ जारी गरिसकेको छ।

