Gold
Bangad salyan

पोखरामा बेलुन बेच्ने कमलेश कुमारलाई साधारण तारेखमा छाड्न आदेश

फागुन ९

काठमान्डौ – जिल्ला प्रशासन कार्यालय कास्कीले बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

बेलुन पड्केर अर्थमन्त्री बिष्णु पौड्ल र पोखराका मेयर धनराज आचार्य घाईते भएका थिए। यही कसुरमा प्रहरीले कमलेशलाई पक्राउ गरेको थियो।

गत फागुन ३ मा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए ।
बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो ।