हिजो राति लाईभमा आएर आत्मदाह गरेका युवालाई प्रहरीले फेला पारेको छ
फाल्गुन २८
काठमान्डौ – हिजो राती करिब १२ बजेतिर फेसबुक लाइभमा आएर आत्मदाह गरेका नागर्जुन नगरपालिकाका उतम कार्कीलाई प्रहरीले उद्दार गरेको छ।
उनले एक युवती र प्रशासनले दुख दिएको भन्दै आत्मादाहको प्रयास गरेका थिए । प्रहरीलाई जानकारी गराएपछि उनलाई प्रहरीले फेला पारेको थियो।
प्रहरीको टोलिले उक्त युवालाई सकुशल उद्दार गरि उपचारको लागि बर्न अस्पताल पुर्याइएको छ । उनको हात र अनुहार जलेको छ भने बाकी स्वास्थ अवस्था सामान्य रहेको छ ।

