माटोभित्र आठ वटा ल्यापटप फेला
बैशाख ३१
ताप्लेजुङ – ताप्लेजुङमा माटो भित्र गाडीएको अवस्थामा आठ वटा ल्यापटप फेला परेको छ।
ताप्लेजुङको मैवाखोला-५ मा रहेको पार्टीडाँडा माविबाट डेढ वर्ष अगाडि हराएका ८ वटा ल्यापटप बोरामा पोको पारेर माटोमा पुरिएको अवस्थामा फेला परेका हुन।
ल्यापटप कस्ले किन गाड्यो भन्ने बारेमा अनुसंधान भैरहेको छ।

