प्रचण्डको देउवालाई फोन जनार्दन बुढानीलकण्ठ सरकार परिवर्तनको चर्चा
काठमान्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठ निवासमा भेटवार्ता गरेका छन्।
भेटमा देशको समसामयिक राजनीति विषयमा छलफल भएको बुझीएको छ।
यसअघि अध्यक्ष प्रचण्डले डडेलधुराबाट देउवालाई फोन गरेका थिए। त्यसको केही घण्टामै शर्माको देउवासँग भेटलाई विशेष रूपमा हेरिएको छ।
कांग्रेस–एमाले सम्बन्ध चिसिंदै गइरहेका बेला माओवादीको सक्रियता नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा लिइएको छ।
यो भेटलाई लिएर अहिले सरकार परिवर्तन हुन सक्ने समेत बताईएको छ। जेठ् २

