गोरखामा बस्ले किचेर बालिकाको ज्यान गयो आमा गम्भीर घाईते
जेठ ७
काठमान्डौ – गोरखा सदरमुकाममा बसले च्याप्दा बालिकाको ज्यान गएको छ । बसले च्यापेर बालिकाको आमा गंभिर घाईते भएकी छिन् ।
ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की बर्ष ७ की सुबिना सुर्खेती भएको स्थानिय अर्जुन प्रताप राणाले जानकारी दिए ।
गोरखा बजारबाट आरुघाट तर्फ गएको बसले च्यापेर बालिकाकी आमा बिनिता सुर्खेती गंभिर घाईते भएकी छिन् । उनको गोरखा अस्पतालमा उपचार जारी छ ।
घटना स्थलमा स्थानियले अबरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासी अगाडी बढाउदा पछाडीको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गंभिर घाईते भएकी हुन् ।

