Gold
Bangad salyan

गृह मन्त्रालयका सहसचिव भट्टराई मानव तस्कर कसुरमा पक्राउ

काठमान्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो बेलुका गृह मन्त्रालयमा सरुवा भएकामा आज अख्तियारको टोलीले पक्राउ गरी टङ्गालमा रहेको कार्यालयमा लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे अध्यागमन कार्यालयमा प्रमुख हुँदा मानव तस्करको गिरोहसँग साँठगाँठ रहेको केही प्रमाणहरू फेला परेपछि पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

सहसचिव भट्टराईले नेपालबाट भिजिट भिसामा दुबई लगायतका देशमा जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अख्तियारले विमानस्थलमा छापा मार्ने तयारी गरेकोमा त्यसको सूचना पाएपछि गृह मन्त्रालयले हिजो हतारहतार सरुवा गरेको हो ।

दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरीसमेत अख्तियारमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिएको छ । जेठ् ७