काठमान्डौमा घर जग्गा नदिए बलात्कार मुद्दामा फसाउने भन्दै धम्की दिने युवतीहरु पक्राउ
जेठ ८
काठमान्डौ – सामाजिक सञ्जालमार्फत चिनजान भएका एक युवकलाई होटलमा बोलाई मदिरा खुवाई हनि ट्र्यापमा परेर बल्याकमेल गर्ने दुई महिला पक्राउ परेका छन।
नग्न फोटो खिचेर बलात्कारमा फसाउने धम्की दिई रकम असुलेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१० की ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
सुरुमा ती युवतीहरूले मुद्दा मिलाउन काठमाडौंस्थित ४ आना जग्गा मागेको र अन्तिममा ५ लाख रुपैयाँको चेक लिएर गएको उजुरी परेपछि सोही आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

