Gold
Bangad salyan

गृहमन्त्री लेखकलाई दैनिक पचास लाख भिजिट भिसा कमिसन

जेठ ९

काठमान्डौ – हालका गृहमन्त्री रमेह लेखकले दैनिक ५० लाख रकम बुझ्ने गरेको खुलेको छ।

गत ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गृह मन्त्रालयका सह सचिव तिर्थराज भट्टराई पक्राउ गरेको थियो।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा  मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिएको थियोे ।

भिजिट भिसामा दैनिक ४ सय जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गर्ने गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनले हालका गृहमन्त्रीलाई नै कमिसन बुझाउने बयान दिएको बताएका छन।

उनले दैनिक गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्ण दुवाडी लाइ ५० लाख बुझाउने गरेको बताएका हुन।

दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरीसमेत अख्तियारमा परेको छ ।

यो खबरपछि गृहमन्त्री लेखकमाथी प्रश्न उठेको छ। यसको जवाफ गृहमन्त्रीले संसदमा दिनुपर्ने र राजिनामा गर्नु पर्ने समेत माग गरिएको छ।