माओवादी केन्द्र निकट रुकुम पश्चिम काठमाडौं सम्पर्क समन्वय समितिको रक्तदान कार्यक्रम सम्पन्न
असार १४
काठमान्डौ – नेकपा (माओवादी केन्द्र) निकट रुकुम पश्चिम – काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा रक्तदान कार्यक्रम गरेको छ ।
आज शनिबार बिहानै नेपाल रेडक्रस सोसाइटीको भृकुटीमण्डपस्थित काार्यालयमा रक्तदान भएको हो ।
रुकुम पश्चिम – काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष एकराज केसीका अनुसार अहिले सम्म ५० जनाले रक्तदान गरिसक्नु भएको छ ।
अहिले पनि कार्यक्रम चलिरहेको छ । रक्तदान कार्यक्रम १५० जना जति सहभागी हुनसक्ने अध्यक्ष यगराज के.सी ले जानकारी दिनु भएको छ ।
रुकुम पश्चिम काठमाण्डौ सम्पर्क समन्वय समितिले रुकुम जिल्ला बाट काठमाण्डौ आएका थुप्रै समस्या समाधान पाटिको निर्देशन अनुसार हल गर्दै आएको जानकारी दिदै रक्तदान कार्यक्रम सम्पर्क समन्वयले पहिलो पटक गरेको अध्यक्ष के.सी ले जानकारी दिनु भयो ।
रगतको अभावको कसैको पनि ज्यान नजाओस् र उनीहरुलाई रगतको उपलब्धता सहनै होस् भन्ने उद्धेश्यका साथ रक्तदान गरिएको हो । रक्तदान गर्नेहरुमा अधिकांस रुकुम पश्चिमकै रहेको उहाँले जनाउनुभयो ।
रक्तदान कार्यक्रममा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रभाकर जनार्दन शर्मा उपस्थिति हुनु भएको थियो ।
रक्तदाताहरुलाई पूर्व अर्थ मन्त्री शर्माले प्रमाणपत्र प्रदान गर्नुभएको छ । रक्तदान : जीवनदान समेत रहेको र उच्च मानविय कार्य गरेको भन्दै उहाँले रक्तदाताहरुलाई आफनै हातबाट सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो ।

