Gold
Bangad salyan

मेलम्चीमा बस दुर्घटना चालक सहित ८ जना घाइते

असार १४

काठमान्डौ -मेलम्चीमा बस दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन।

बागमती प्रदेश –३-०१-००५ख ९९७६ नम्बरको तिपेनी बाट काठमाडौ जादै गरेको यात्रुबाहक बस मेलम्ची पारी दुर्घटना भएको हो ।

गाडीमा सवार करिब ८ जना मध्य घाइते हरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागी पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छ्न ।

घाइते हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी,हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहनु भएको छ । घाइतेको मेलम्ची नगर अस्पतालमा सामान्य उपचार पछि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ  ।