Gold
Bangad salyan

जगदम्बा स्टिल उद्योगमा विस्फोट

असार १८

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट भएको छ ।

बुधबार राति करिब साढे ९ बजे भट्टीमा अकस्मात विस्फोट भएको हो ।
फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले जनाएका छन् ।
विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको उनीहरूको भनाइ छ ।

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले उद्योगको भट्टी पड्किएको पुष्टि गरे । भट्टी कसरी पड्कियो र यसबाट भौतिक तथा मानवीय क्षति के–कति भयो भन्नेबारे प्रस्ट हुन बाँकी रहेको उनले जनाए ।