रुकुम पश्चिम्मा आमालाई बुबाले खसी काटे जस्तै काटेर मारे १३ बर्षकि छोरी काजक्रियामा
असार २०
रुकुम पश्चिम् – गत मंगलबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ मा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन।
स्थानीय टाटागाउँ ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीलाई लखेटी लखेटी खुकुरीले टुक्रा पारेका हुन् ।
घटनाको जानकारी लगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार घरयासी विवादले घटना घटेको खुलेको छ।
गएराती सुरुमा दुई जना बिच घरमै लछारपछार भएको थियो । श्रीमान् चन्द्रबहादुरले एक्कासी मार हान्ने (खसी, बोका काट्ने) खुकुरी निकालेर जब श्रीमतीलाई ताके, उनीहरुको साथमा रहेका छोराछोरी चिच्याउन थाले ।
डरले देविका घरबाट निस्किईन् । तर चन्द्रबहादुर पछ्याउँदै गए । घर भन्दा करिब २५ मिटर पर खेतमा भेटाएर कुखुरी हाने । हातले छल्न खोज्दा औला काटिए ।
त्यसपछि चन्द्रबहादुरले अन्धाधुन्द खुकुरी बर्षाए । आफूलाई बचाउने प्रयासमा रहेकी देविकाको दुबै हात काटिए । एक हात त टुक्रा भएर अलग्गै भएको डिएपी बिष्टले बताए ।
दुबै हात काटिएपछि चन्द्रबहादुरले घाँटि काटे । घाँटीको एकातर्फको छालाको भाग मात्र छुट्टिन बाँकि थियो ।
चन्द्रबहादुर आफै चार किलोमिटर पर रहेको ईलाका प्रहरी कार्यालयमा रक्ताम्य अवस्थामा खुकुरी सहित पुगे । खुकुरी देखाउँदै, काँप्दै उनले श्रीमतीलाई मारेर आएको बताए ।
प्रहरीले उनलाई नियन्त्रणमा लियो । राती नै घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । अहिले देविकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ भने चन्द्रबहादुरलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीले अत्यन्त दुखद् घटना भएको बताए । मृतकका दुई छोरी र एक छोरा रहेका छन् ।
१३ वर्षीया ठुली छोरी बुवाले आमालाई लखेट्दै जाँदा पछ्याउँदै गएकी थिईन् । तर उनी नपुग्दै आमालाई टुक्रा पारीसकेको स्थानीयले बताएका छन् ।

