सुर्खेतको छिन्चुमा धान रोपिरहेको बेला चट्याङ पर्दा एकको मृत्युु चार घाइते
असार २०
सुर्खेत -सुर्खेतको भेरीगंगा नगरपालिका ८ कुईरे भन्ने स्थानमा रोपाई गरिरहेको बेला आज ३ बजे चट्याङ पर्दा एक जनको मृत्यु भएको छ भने चार जना घाइते भएका छन।
मृत्यु हुनेमा स्थानीय २७ बर्षका डिल बहादुर शाही रहेका छन। उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय छिन्छुले जनाएको छ।
यस्तै चट्याङ लागेर पर्वत विक,हुम बहादुर थापा,नवीन विक,सुनिता गिरि छन। घाईते सबैको मेहेलकुना अस्पतालमा उपचार भैरहेको छ।

