Gold
Bangad salyan

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

असार २२

भोजपुर – भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्।

प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ।

ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको  प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ।

राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैले प्रहरीलाई फोन गरेका थिए।

‘उनले मैले मान्छे मारे, मलाइ लिन आउनु भनेर हाम्रो कन्ट्रोलमा फोन गरेछन्’ प्रहरी निरीक्षक श्रेष्ठले भने। हत्याको कारण भने खुलेको छैन।