Gold
Bangad salyan

भोजपुर एकै घरका चार जनाको हत्या कारण अन्तर्जातिय र लागु औषध

भोजपुर – भोजपुर चार जनाको हत्याको कारण अन्तरजातिय र लागू औषध दुर्व्यसनको कारण खुलेको प्रहरीको भनाई छ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राजेन्द्र राईले  ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको हो।

मनिषा राजेन्द्रकि पत्नी हुन उनी अहिले १६ बर्ष कि भैइन। राजेन्द्रको पहिले नै विवाह भएको र अहिले मनिषासंग दोश्रो विवाह गरेका थिए । आफू भन्दा दोब्बर उमेरसंग उमेर नपुगेकी छोरी संग विवाह गरेपछि माईती पक्ष असन्तुष्ट थिए ।

तर खास कुरा भने राजेन्द्रले मनिषालाई लागू औषध खाएर कुटपिट गर्ने गरेको खुलेको छ। लागु औषध खाने र दैनिक झग्डा गर्ने कुटपिट गर्ने गरेपछि मनिषा माईतमा आएकि थिइन।

राजेन्द्रले करिब १५ दिनबाट भोजपुर माईतीमा पुगेर फकाउने र थर्काउने गरेको स्थानीयको भनाई छ। उनीहरु झै झग्डा नगरी फकाएर लान समेत सल्लाह दिएका थिए ।

तर उनले मनिषालाई घर नगए तेरो सबै परिवार नै सखाप पार्ने धम्की दिदै आएका थिए ।

छोरीले मन पराएर गएपछी मृतक बेलबहादुर गिरि परिवारले राजेन्द्रलाई माईत आउन जान भने दिएकै थिए । उनिहरु बिच गत असोजमा विवाह भएको थियो। तर लागू औषध खाने र छोरी कुट्ने गरेको जानकारी पछि बाबू आमा असन्तुष्ट थिए ।

तर हिजो भने राजेन्द्रले माईती घरमा झगडा गर्दै चार जनाको हत्या गरे भने उनले प्रहरी कन्ट्रोलमा फोन गरेर मैले मान्छे मारे मलाई लिन आउनु भनेर कल गरेको कोशी प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीले बताए ।

राजेन्द्रले प्रहरीले बयानमा भने मृतक सासुले छुरी निकालेर हान्न खोजेपछि त्यही छुरी खोसेर सबैको हत्या गरेको बोलेका छन।

यद्यपि मृत्यु पश्चात् भने अब राजेन्द्रको कुरा पुष्टि नहुने भोजपुर प्रहरीका इन्स्पेक्टर दिपक श्रेष्ठको भनाई छ। प्रहरीका अनुसार, राई भोजपुर सदरमुकाममा पेन्टरको काम गर्दै आएका थिए। त्यही बेला उनीहरुको प्रेम अगाडी बढेको थियोे । असार २२