त्रिशूली नदीमा बाढीले फसेका दम्पतीको सेनाले गर्यो उद्दार
असार २४
नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उहाँको श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेको हो ।
त्रिशूली नदीमा एक्कासी बाढी आउँदा उनीहरु फसेका थिए । बाढी आएपछि रुख चढेर बसेका उनीहरुलाई केहीबेरअघि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

