Gold
Bangad salyan

सुकुम्बासी बस्ती बचाउन मनोहर किनारामा अस्थायी तटबन्धन लगाउदै वाईसीएल

भक्तपुर – नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल  नेपाल श्रम तथा उत्पादन अभियानमा जुटेको छ।

अहिले मनोहराको बाढी सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले  वाईसीएल नेपालले अस्थायी तटबन्ध सुरु गरिरहेको छ।

वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा आज बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भैरहेको वाईसीएल केन्द्रिय सदस्य धिरज उपरकोटिले बताए।

स्थानीयले यसअघि ग्याबिन तारजाली लगाउनु भएको रहेछ, त्यसलाई बाढीले बगाएर खोलातिरै लगेको रहेछ । अनि अर्कोतिर अस्थायी तटबन्ध नभएको ठाउँबाट बाढी बस्तीमा पस्दो रहेछ । तिनै ठाउँमा आज अस्थायी तटबन्ध गर्न जुटेका छौं,’ वाईसीएल केन्द्रीय अध्यक्ष पुष्प ओलीले भने ।

उनका अनुसार बाँसका भाटाले बार लगाउने र त्योभन्दा पछाडि बालुवा–गिट्टी बोरामा भरेर बाँध बनाउने काम भइरहेको छ ।
वाईसीएलले यही साउन १ गतेदेखि ‘श्रम तथा उत्पादन अभियान’ सुरु गरेको थियो । अभियानको उदघाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । साउन ६