Gold
Bangad salyan

मध्यराती त्रिशुलीमा बस खस्दा १७ जनाको मृत्यु २४ घाईते

काठमान्डौ  – पोखराबाट लागि छुटेको बस धादिङको दरौदि त्रिशूली नदी किनारमा खस्दा १७ जनाको मृत्युु भएको छ भने   २४ जना घाइते भएका छन् ।

ग २ ख १४२१ नम्बरको बस गएराति १ बजे धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो ।

मृतकको सनाखत हुन बाकी छ भने घाईते सबैलाई प्रहरीले अस्पताल पुर्याएको छ।

मध्यरातीमा घटेको घटनाले के कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी हुन बाकी छ।
स्थानीय र प्रहरीको सहायतामा अहिले उद्दार कार्य जारी रहेको छ। फाल्गुन १०