Gold
Bangad salyan

रास्वपा र एमाले कार्यक्रताबिच कुटा कुट दुई जना घाईते

फागुन १३

बैतडी – बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच हाना हान भएको छ । दोहोरो  भिडन्तमा  परेर दुई जना घाइते भएका छन् ।

चुनाव प्रचारप्रसारको लागि धरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका,७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

झडपमा परी घाइते हुनेमा डिलासैनी ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन् ।

घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । प्रहरीले घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।फाईल तस्विर