Gold
Bangad salyan

जिल्लामा विकास र रोजगारको सिर्जनाको पहल गर्छु : वर्षमान पुन

रोल्पा – नवनिर्वाचित पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले जनताको मतलाई खेर जान नदिने र जिल्लाको विकासको लागि रोजगार सिर्जनाको पहल गर्ने बताएका छन्।

जितपछि पुनले मतदातालाई धन्यवाद दिंदै भनेका छन्, ‘सम्पूर्ण रोल्पाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरु यहाँहरुको अमुल्य मतबाट मलाई विजयी गराउनुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

उनले विगतमा जस्तै रोल्पाका मतदाताको इज्जत, गौरव, सम्मानलाई उच्च स्थानमा राखेर काम गर्ने बताउँदै भनेका छन्। यहाँहरुको अमूल्य मतलाई मैले देश निर्माणमा र जिल्लाको विकास, समृद्धि, रोजगारी सिर्जना गर्नका लागि आफ्नो निरन्तर उर्जाको रूपमा सदुपयोग गर्नेछु ।

 

यसअघि पनि रोल्पाबाटै निर्वाचित भएका पुन यसपटक २७ हजार ४६० मतका साथ विजयी भएका छन् । १५ हजार ४५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका हुन् ।

पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरे । रास्वपाका बालराम थापाले १० हजार ८९४ मत ल्याउँदा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन् । नेकपा माओवादीका चुडामणी वलीले ३७१४ मत प्राप्त गरेका छन्। फागुन २४