Gold
Bangad salyan

हर्क साम्पाङले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा

काठमान्डौ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

आफूलाई मा`र्ने र घर जलाउने धम्की दिने सुनिता खड्कालाई पक्राउ नगरेको भन्दै उनले आक्रोश पोखदै यस्तो बताएका हुन।

सामाजिक सञ्जालमार्फत साम्पाङले भनेका छन्, ‘जनताले चुनेर पठाएको जिम्मेवार प्रतिपक्ष दलको नेतालाई सार्वजनिक रूपमै मा`र्ने धम्की दिँदासमेत कारबाही हुँदैन भने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिँदा हुन्छ।’

उनले गृहमन्त्री र सीआईबीको कार्यशैलीप्रति प्रश्न उठाउँदै कारबाहीको माग गरेका हुन्। चैत १७