कैलालीमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ
चैत २५
धनगढी – कैलालीमा बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन्। २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई प्रहरीले पक्राउ गरेको हो।
महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

