Gold
Bangad salyan

डा. बाबुराम भट्टराई र पत्नी हिसिला आज भारत जादै

चैत २९

काठमान्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जादै छन् । भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।

यस्तै उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुने छन् । उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् ।यो कार्यक्रममा डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ । कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ ।