Gold
Bangad salyan

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक कसरी हेर्ने

काठमान्डौ -राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ ।

विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए । ‘पत्रकार सम्मेलन ८ बजे गर्ने । नतिजा हेर्न ९ बजे मिल्छ’, उनले भने ।

गत चैत १९ देखि २९ गते सम्म परिक्षा संचालन भएको थियो। यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।

नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । नतिजा एसएमस र वेवसाईटबाट यसरी हेर्न सकिने छ।

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np–नेपाल टेलिकम: www.see.ntc.net.np–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com–इडियु सञ्जाल: www.see.edusanjal.com–खल्ती: https://khalti.com/app

बैशाख २८