Gold
Bangad salyan

नाम्चेमा हिमपात तापक्रम माइनसमा जनजीवन प्रभावित ,,

पुस १९ ,काठमाडौं – खुम्बु क्षेत्रको प्रदेशद्वार नाम्चे बजारमा भारी हिमपात भएको छ। तीन हजार सात मिटरमा रहेको नाम्चेमा बिहानैदेखि भएको हिमपातपछि त्यस क्षेत्रको तापक्रम माइनस आठ डिग्री पुगेको हो। अझैसम्म हिमपात हुने क्रम रोकिएको छैन।

हिमपातपछि खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने सगरमाथा आधार शिविर र त्यस क्षेत्रमा पदयात्रामा गएका पर्यटकसमेत बाटामै अलपत्र परेका छन्। जल तथा मौसम विज्ञान विभागले गरेको तीन दिनसम्म हिमपात हुने पूर्वानुमान गरेको छ।