Gold
Bangad salyan

नक्कली सुन दिएर ४० लाख ठगी, १० जना पक्राउ ,,

पुस १९ ,काठमाडौं – नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । एक किलो बराबरको नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले १० जनाको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली सुन बेच्दै ठगीमा संलग्न भएकाहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले गिरोहका १० जना सदस्यलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका च्यासीडोल बस्ने धरान–१७ का २५ वर्षीय पवन बिक, पेप्सीकोला बस्ने जनकपुर उपमहानगरपालिका–९ का ३५ वर्षीय मनीष ढुङ्गाना, काडाँघारी बस्ने सर्लाही हरिवन नगरपालिका–९ का २५ वर्षीय बिवेक दनुवार रहेका छन् ।

प्रहरीले ठगीमा संलग्न यो गिरोहका सदस्य म्हैपी बस्ने सर्लाहीको लालबन्दी नगरपालिका–११ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने धनकुटाकी २५ वर्षीया सलिना शर्पा भन्ने संगीता राई, बौद्ध बेसीगाँउ बस्ने पर्साको बिरुवागठी–१ का सन्तोषकुमार लामा, तारकेश्वर नगरपालिका–६ बस्ने रौतहटको रङ्गपुर गाउँपालिका–७ नयाँबस्ती कटानीका ३२ वर्षीय समिर लामा भन्ने सरोजकुमार घिसिङ, गोकर्णश्वर–४ माकलबारी बस्ने काभ्रे रोसी गाउँपालिका–९ काभ्रेका २६ वर्षीय मनोज लामा रहेका छन् ।

पक्राउ पर्ने अन्यमा माकलबारी बस्ने बाराको निजगढ नगरपालिका–१ सिंगौल नमुनाबस्तीका २८ वर्षीय सुरेश राई र बाराकै निजगढ नगरपालिका–२ सिंगौलका २८ वर्षीय सागर राई रहेका छन् ।