राजीव गुरुङ दीपक मनाङेले लिय सपथ
माघ १४ ,पोखरा – गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो। सभामुख नेत्रनाथ अधिकारीले सोमबार प्रदेशसभा भवनमा गुरुङलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
मनाङको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे प्रदेशसभामा एक हजार ४१० मत ल्याएर विजयी भएका थिए। तर विभिन्न विवादित विषयहरूमा मुछिएका उनलाई अदालतले दिएको सजाय आदेशले सांसद बन्न रोकेको थियो।
पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले हाल मुद्दा ब्यूँतिदा सपथ खान पाएका थिएनन्।पुनरावेदनको सजाय सच्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।
तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले गएको माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर वैशाख ७ गते उनलाई प्रहरीले पक्राउ गर्यो।
नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुटेका थिए।

