जन्त जान नदिदा घर मालिकको हत्या ,

माघ १९ , चितवन – गत माघ १४ गते पूर्वी चितवनको राप्ती नगरपालिका,६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या कसले गरेको भन्ने रहस्य खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनक प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार रुपा थापाको घरमा काम गर्न राखेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले हत्या गरेको पुष्टि भएको हो ।

सन्तोष रुपको घरमा दश महिनाअघि घरको कामकाज संगै कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका थिय उनले रुपाको हत्या गरेको स्वीकार गरेको रेग्मीले बतायका छन् ।रेग्मीका अनुसार रुपाले जन्त जान रोकेको आवेगमा सन्तोषले खुकुरी प्रहार गरेका थिय ।

घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् । बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए ।

मगरको भनाइ उद्धृत गर्दै प्रहरी प्रवक्तासमेत रहेका रेग्मीले भने, ‘राति ९ः४५ बजेतिर जन्तबाट फर्किदा आमा निदाउनुभएको थियो, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो ।

मगरले दाप सहितको खुकुरी आफू सुतेको कोठाको पछाडि रहेको खोरमा राखेको पाइएको छ । रुपाका श्रीमान र जेठो छोरा घरमा नभयको मौका पार सन्तोषले खुकुरी प्रहार गरेको हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका दिएका छन् ।

मगरले खुकुरी प्रहार गर्दा टाउकाको चार ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो । घटना स्वीकार गरे पनि अन्य व्यक्ति संलग्न भए/नभएको अनुसन्धान भइरहेको रेग्मीले बताए । प्रहरीले अन्य पाँचलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।