राजधानीमा फेरी वर्षा शुरु ,

माघ २४ ,काठमान्डौ – राजधानीमा वर्षा भयको छ।गत ३ हप्ता देखि देशका विभिन्न जिल्ल्लामा परेको वर्षा र हिमपातले जनजीवन प्रभावित भयको थियो ।उक्त वर्षा राजधानीमा पनि परेको थियो।

केहि दिन मौसममा सुधार आएपनि आज बिहान बाट राजधानीमा वर्षा सुरु भयको छ ।मौसमविदका अनुसार यो वर्षा केहिदिन रहिराखने पूर्वानुमान छ ।काठमान्डौको आजको तापक्रम १० .c  सेल्सिएस रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

मौसमका कारण विभिन्न जिल्लामा रुघा खोकी , टाउको दुख्ने जस्ता रोगले अस्पतालमा बिरामी हरु बढ्दो भयकोहुनाले स्वास्थ्य र खानपिनमा ध्यानदिन चिकित्सक बताउछन।