समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ दाहाल प्रचण्ड ,
माघ २५ चितवन – रासस,, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन् । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, “अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था छ ।” उनले कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको बताए ।
आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार नपाउनेलाई उपचार दिने काम राज्यको भएको उनले बताए । पुरानो संस्कारलाई वैज्ञानिक, वस्तुवादी र प्रगतिशील दृष्टिकोणले विस्थापित गर्दै जानुपर्ने दाहालको भनाइ थियो ।
उनले स्व पौडेलले पार्टीलाई पुर्याएको योगदानको चर्चा गरे । दाहालले भने, “आफ्नो राजनीतिक यात्रामा माडीमा बस्ने घर पौडेलको रहेको थियो ।