Gold
Bangad salyan

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा,

फागुन,१५ काठमाडौं – सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले यस्तो निणय गरेको हो मन्त्रि अधिकारि चढेको हेलिकप्टर दुर्घटना भयलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका थिय ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।