ग्यास स्टोरमा भीषण आगलागी,
फागुन २३ ,काठमाडौं- राजधानीको बसन्तपुरस्थित एक ग्यास स्टोरमा भीषण आगलागी भएको छ । आगलागी के कारणले हुन पुग्यो भन्ने खुल्न सकेको छैन ।आगलागीबाट ९ वटा ग्यासका सिलिन्डर पड्किएको छन ।
बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।आगलागीबाट एक जना सामान्य घाइते भएको बताइएको छ ।

