Gold
Bangad salyan

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी ,

चैत ८ , काठमान्डौ – चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेले उम्मेवदारी घोषणा गरेकी छन् । हाल उनि महासचिव पदमा छिन यही चैत २३ गते शनिबार हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु भनेर उनले आफ्नो सामाजीक संजाल फेसबुकमा स्टाटस लेखेकी हुन्। चलचित्र संघको अध्यक्षमा आफुलाई साथ् दिन पनि सरिताले आग्रह गरेकी छिन ।

उनि विगत ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् ।चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतको फिल्ममा अभिनय गरिसकेकी छिन् ।