बारामा आएको आँधी हुरी चितवनबाट शुरु भयको थियो जुन टोर्नाडो हो ,,
चैत २७ ,काठमाडौं- केहिदिन अगाडी बारा र पर्सा ठुलो धनजनको क्षति गरेको आँधी हुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको थियो ।जसको नाम टोर्नाडोनै रहेको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बारा र पर्सामा आयको हावा हुरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको र विनाशकारी हावाहुरी ‘टोर्नाडो’ रहेको जानकारी हुन आयको छ।
चैत्र २० गतेदेखि २४ गतेसम्म वैज्ञानिकहरुको एक टोली स्थलगत अध्ययनका लागि पुगेको थियो ।
सो स्थलगत अध्ययनको क्रममा लिइएको भिडियो, पाइएको सूचना तथा त्यसलाई अध्ययन गर्न प्रयोग गरिएको प्रविधिले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको विभागका महानिर्देशक सरदकुमार बैद्यले जानकारी दिए ।
बारा र पर्सामा आयको आँधी हुरीबाट २९ जनाको ज्यान गयको थियो भने ६ सय भन्दा माथि घाईते छन्

