वन तथा वातावरण मन्त्रि शक्ति बस्नेतलाई गृह जिल्लामा स्वागत ,,
वैशाख २९ . काठमान्डौ – वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेत गृह जिल्ला जाजरकोट पुगेका छन् । गृह जिल्ला पुगेपछि मन्त्रि बस्नेतलाई स्थानीयले भव्य स्वागत गरेका हुन्।मन्त्रि बस्नेत पुर्व गृहमन्त्री पनि हुन् ।
मन्त्रि आज बिहानै देखि जनता भेट घाट कार्यक्रममा रहने छन् भने जाजरकोटमा आवस्यक विकासलाई प्राथामिकता दिने मन्त्रि बस्नेतका स्वकीय सचिब धिरज उपरकोटीले रंग दर्पणलाई जानकारी गराए।
आजै १९९ औ अन्तराष्ट्रिय नर्सिङ्ग दिवस जाजरकोट जिल्ला अस्पतालमा बन तथा वातावरण मन्त्री शक्ती बस्नेतले उद्घाटन गरेका छन् ।
जाजरकोट र रूकुम चौरझारी जोड्ने मध्येपहाडी लोक मार्ग भेरीनदी मा निर्माणधीन पुलको अबलोकन पश्चात मन्त्रि बस्नेतले जनताकै अगाडी सडक बिभाग लाई फोन बाटै यो कार्य समैमै समयमै सक्न आग्रह गरेका छन् ।
बस्नेतले छिन्चु देखि जाजरकोट सम्मका दर्जनौ पुलको निरिक्षन पनि गरेका छन्। विभिन्न तवरले विकासमा पछाडी पर्ने गरेको जाजरकोटलाई आफ्नै पालामा विकास गरेर देखाउने पनि मन्त्रि बस्नेतले जनतालाई जानकारी गरे।