फेसबुक ,युटुब र वेवसाईडमा सरकारले गर्यो कडाई ,,

वैशाख २९ , काठमान्डौ – के तपाईले फेसबुक चलाउनु हुन्छ वा युटुब , वेवसाईड सामाजिक संजाल अन्तर्गत पर्ने सबै एपसमा सरकारले कडा निर्देशन लागु गर्दै छ ।

अहिले सम्म सामाजिक संजालमा नागरिकले खुला अभिव्यक्ति दिदै आएका थिय। नेता हरु देखि मन परेन भनेर सामाजिक संजालमा व्यक्तिले नराम्रा कमेन्ट र गालि गलैज गर्ने गरेका थिय।

तर अब भने तेसो गर्न पटकपनि मिल्दैन, सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ ।

जँहा उनीहरुलाई राख्ने ठाउ समेत हुने छैन ,किन कि अन्य देश भन्दा नेपालमा सामाजिक संजालमा सबै भन्दा बढी विकृति फैलिने गरेको छ ।

सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि ऐनमा सामाजिक सञ्जाल दर्ता नगरी चलाउन नपाइने व्यवस्था सागै कसैमाथि गाली बेइज्यती हुने गरी कमेन्ट गरेका कडा सजायाको प्रावधान राखिएको छ ।

प्रस्तावित ऐनको दफा ९४ मा फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने कुराहरु उल्लेख गरिएका छन् । तेस्तै तपाईले चलाउने युट्ब वेबसाईडलाई पनि ध्यानदिनु होस् ।

, यदि तेस्मा तपैले कुनै नराम्रा भिडियो , गालि गरेका अराजक किसिमका भिडियो अपलोड गर्नु भयको छ वा कसैलाई आघात अमर्यादित पुग्ने गरि साईडमा समाचार लेख्नु भयको छ भने त्यो सबै सरकारले जतिखेर पनि बन्द गर्न सक्ने छ ।

विगतमा छापाखाना तथा प्रकाशन ऐनले समाचार लेखेकै भरमा कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने अधिकार सुनिश्चित गरिएको थियो । तर, अहिलेको सरकारले आफूलाई मन लागेका बेवसाइटहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई चिठी लेख्ने गरेको छ ।

सरकारले ल्याउन लागेकाे कानून संसदबाट पारित भएपछि फेसबुक, टि्वटर लगायत सामाजिक सञ्जालमा मनमाैजी पोस्ट गर्नेहरूलाई ५ वर्षसम्म कैदका साथै १५ लाख रूपैयाँ सम्मको जरिवाना हुने व्यवस्था सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख छ ।सामाजिक संजाल प्रयोगकर्तामा संचारमन्त्रि गोकुल प्रसाद बास्कोटाले यो सुचना जारि गरेका हुन्।